८ भाद्र २०८३, सोमबार
Header

नयाँ नेपाली भिडियो तिम्रो मेरो संवन्ध क्यानडावाट रिलिज


प्रकाशित: शनिवार, २३ कातिक २०७६, १४ः०० बजे
- महानगरखबर

काठमाडौं ।  क्यानडावाट नयाँ नेपाली गीतको म्युजिक भिडियो रिलिज भएको छ। जसको बोल तिम्रो मेरो संवन्ध रहेको छ । 


क्यानडामा नै रहेका बहुप्रतिभाशाली अभिनेता ईश्वर थापाको निर्देशनमा तिम्रो मेरो संवन्ध बोलको गीतको भिडियो क्यानडामा नै निर्माण भएको हो। ईश्वर थापाकै छायाँकन तथा सम्पादनमा निर्माण भएको यस गीतको भिडियोमा क्यानडामा नै रहेकी अत्यन्त व्यस्त अभिनेत्री टिफिनी ब्लमले अभिनय गरेकी छन । 


उनलाई अभिनेता उद्धब मौसमले साथ दिएका छन्। नरेश मैनालीको शव्द, रचना तथा संगीत रहेको यस गीतको म्युजिक एरेञ्ज कमल राईले गरेका हुन्। मेकअप आर रिज्जुको रहेको छ भने, सहायक निर्देशन रमेश रिजालले गरेका छन्। क्यानडाका मनमोहक पार्क–बगैचा देखि रेल स्टेशन तथा चलिरहेको रेलमा समेत छायाँकन गरिएको छ ।


ड्रिम्स गेट इन्टरटेन्टमेन्टवाट तिम्रो मेरो संवन्धको म्युजिक भिडियो विश्वव्यापी रिलिज गरिएको छ ।


भिडियोः–

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex