काठमाडौं । नेपालको लागि जापानी राजदूत मासामिचि साइगोद्वारा काष्ठमण्डप पुननिर्माणको शुक्रवार अवलोकन गरेका छन ।
पुननिर्माण समितिका संयोजक एवं प्रदेश सभा सदस्य राजेश शाक्यले काष्ठमण्डप पुननिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको बताएको छ ।
राजदूत मासामिचिलाई सांसद शाक्यले काष्ठमण्डपको ऐतिहासिक महत्व, यसको संरचनागत शैली, पुननिर्माण गर्दा अबलम्बन गरिएको तरिका, अहिलेसम्म प्राप्त कामको प्रगतिका बिषयमा जानकारी गराएका थिए ।
वि.स. २०७२ सालमा विनाशकारी भूकम्पले काष्ठमण्डप ढलेपछि काठमाडौं महानगरपालिका पहलमा पुननिर्माणको काम तिव्र रुपमा सञ्चालन भईरहेको छ ।
महानगर प्रमुख शाक्यले सो अवसरमा नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकबाट प्राप्त सहयोगलाई सदुपयोग गरेर पनि सम्पदा उठाउने काम भइरहेको जानकारी बताएका छन ।
परम्परागत निर्माण शैली पछ््याएर जापान सरकारबाट प्राप्त सहयोगलाई सम्पदा पुननिर्माणमा उपयोग गरिने मेयर शाक्यको भनाइ थियो ।
काष्ठमण्डप अवलोकन पछि राजदूत मासामिचिले, काष्ठमण्डप वास्तवमै भव्य भएको प्रतिक्रिया दिएका थिए । राजदूत मासामिचिले नेपाल पर्यटन बर्षमा यहाँ आउने पर्यटकले यसको भव्यता हेर्न पाउने मेरो आशा रहेको बताए ।
Categorized in सम्पदा/संस्कृति