२३ बैशाख २०८१, आइतबार
Header

सुरक्षित भवन निर्माणको लागि महानगरको यस्तो मार्गदर्शन


प्रकाशित: विहिवार, २१ कातिक २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरक्षित भवन निर्माणको लागि राजधानीवासीको लागि मार्गदर्शन सार्वजनिक गरेको छ । 


मंगलवार महानगरपालिकाले एक कार्यक्रम विच ‘सुरक्षित भवन निर्माणमा घरधनीकालागि उपयोगी मार्गदर्शन’पुस्तक सार्वजनिक गरेको हो । 


काठमाडौं महानगरपालिका, सिटिनेट योकोहामा र सिटि अफ योकोहामाको संयुक्त प्रयासमा उक्त मार्गदर्शन तयार गरिएको हो । 


चार अध्यायमा लेखिएको उक्त पुस्तकमा घर बनाउने सुरक्षित ठाउँ, कस्ता ठाउँमा घर बनाउनु हुँदैन ? घर बनाउने ठाउँको माटो परीक्षण, भूकम्प प्रतिरोधी भवनका लागि उपयुक्त आकार प्रकार जस्ता बिषय समेटिएका छन । 


त्यसैगरी घर बनाउँदा गरिने हेलचेक्¥याइँ तथा गलत अभ्यासका बारेमा उल्लेख गरिएको छ भने सुरक्षित र असुरक्षित पिलर सिस्टम, जमिन मुनिको जग, सुरक्षित क्यानटिलिभर र असुरक्षित क्यानटिलिभर, सुरक्षित र असुरक्षित बिम, बिम र पिलरको सुरक्षित जोर्नी, झ्याल र ढोका राख्ने उपयुक्त ठाउँ, सिल, लिन्टलजस्ता बिषय राखिएका छन । 


घर बनाउँदा अबलम्बन गर्नुपर्ने सुरक्षा व्यवस्थाका बारेमा उल्लेख छ । यसमा निर्माण सामाग्रीमा सिमेन्ट, बालुवा, रोडा, पानी, इटा र फलामे छडको गुणस्तर, निर्माण प्रक्रियामा इञ्जिनियरको भूमिका, निर्माण सुरक्षा र व्यवस्थाजस्ता बिषय समेटिएका छन ।


महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, सिटीनेट योकोहामा परियोजना निर्देशक केन्द्र हिराता, योकोहामा सिटी अफिसका अन्तरराष्ट्रिय मामिला व्युरोका निर्देशक योको सुजुकी, महानगरको बिपद् व्यवस्थापन बिभागका प्रमुख अर्चना श्रेष्ठ, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले संयुक्त रुपमा सार्वजनि गरेका थिए । 


महानगर र याकोहामा सहरवीच २०७३ असार १६ (सन २०१६ जुन ३० तारिख) मा सम्पन्न सम्झौताका आधारमा चक्रिय तालिकामा चलाइएका तालिममा काठमाडौं उपत्यकामा भूकम्पले पारेको प्रभाव र पुननिर्माणका प्राथमिकताहरु, जापानको याकोहामा नगरको एकीकृत सहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौतीलगायतका बिषयमा कक्षा चलेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD