काठमाडौं । गएराती पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारत र पाकिस्तानविच गोली हानाहान भएको छ ।
विविसी हिन्दीका अनुसार गोली हानहानमा भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो ।
मृत्यु भएका सैनिकहरुका ठेगानाबारे थाहा हुन नसकेपनि गोर्खा रेजिमेन्टका हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन ।
उक्त घट्नामा आक्रमण परि ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन ।
भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्धविराम उल्लघंन गरेको भन्दै वक्तव्यबाजी गरेका छन ।
भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी गरेको छ ।
तर पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतले विनाकारण जुरा, शाहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरेर सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन ।
भारतले कश्मिरको विशेष अधिकार खोसेको भन्दै दुवै राष्ट्रविच तनावको स्थिती बनेको छ ।
Categorized in अन्तर्राष्ट्रिय