१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौंका २३ निर्माण सामग्री डिपोका संचालक पक्राउ, ढुवानीमा घोटाला


प्रकाशित: शुक्रवार, १ कातिक २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । निर्माण सामग्री बिक्रीमा घोटला गर्ने २३ संचालकलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । 


डिपो सञ्चालकले निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको भन्दै काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई नियन्त्रणमा लिएको हो । 


अपराध महाशाखाको टोलीले डिपो सञ्चालकहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढु‌ंगाको परिणाम कम गरेर बेच्ने गरेका थिए । 


उभोक्ताले थाहा नपाउने गरी बक्सको प्रयोग गरी घटी परिमाणको निर्माण सामग्री ढुवानी गरिरहेको उपभोक्ता हित स‌ंरक्षण मञ्चले प्रहरीमा उजुरी दिउपछि उनीहरु पक्राउ गरेको हो । 


पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार पक्राउ पर्नेमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल रहेका छन । 


त्यसैगरी गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाडादेवी निर्माण सप्लायर्सका प्राकश भण्डारी, सेतीदेवी सप्लासर्यका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लासर्यका श्यामबहादुर मगर र नो नेम सप्लायर्सका पुष्कर थापा रहेका छन ।


त्यसैगरी श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ (विजय) गोारखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

 

प्रहरीका अनुसार मिनि ट्रकहरुमा ५ ईन्च सम्मको फलामे र काठको बक्स बनाई राखी परिमाण कम गरी ठगी गरेको पाइएको छ ।  


प्रारम्भिक अनुसन्धानका क्रममा ग्राहकहरुलाई १०० क्यूफिट प्रति ढुवानी (ट्रिप) भनी बिक्रि गर्दा जम्मा ८२.६३ क्यूफिट मात्र ढुवानी गरेको पाईएकोले प्रति ढुवानीमा रु. १,६२०।– देखी रु.२,२००।– सम्म ग्राहकहरुलाई नोक्सानी हुन पुगेको देखिएको छ ।

 

 

 

तस्वीर सबैः अपराध महाशखा

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex