काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशाकीय अधिकृत केदार न्यौपानले टेकु ट्रान्सफर स्टेशनको फोहर खाली गराउनु पर्ने बताएका छन ।
विहिवार महानगरका कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको धन्यावाद सन्देश सुनाउन आयोजित कार्यक्रममा प्रशाकीय प्रमुख न्यौपानले सो बताएका हुन ।
असोज २५ र २६ गते चीनका राष्ट्रपति सि चिनफिङ्को राजकीय भ्रमणका क्रममा सहरको सरसफाइमा कर्मचारीले गरेको कामप्रति प्रधानमन्त्रीले धन्यवाद दिएका थिए ।
त्यसैगरी उनले ल्याण्डफिल्ड साइटलाई आकर्षक बगैंचा बनाउनु पर्ने बताउँदै काठमाडौंको फोहर समस्या कम गर्न राम्रो काम गर्नुपर्नेमा जोड दिए ।
प्रशासकिय प्रमुख न्यौपानेले प्रधानमन्त्री ओलीले तीनकुने पार्कको सुन्दरताका लागि भएको कामको पनि प्रशंशा गरेको सुनाउँदै त्यो सक्कली हो भनेर प्रमाणित गर्नुपर्ने बताए ।
महानगरपालिकाको वडा ३२ मा पर्ने कोटेश्वर क्षेत्रको तीनकुने क्षेत्रको करिव ५३ रोपनी जग्गाको वरिपरि माटोको ढिस्को उठाएर त्यहाँ बोटविरुवादु दुवो तथा घाँस रोपिएको थियो । खाली ठाउँको वरिपरि करीब ९०० मि। लम्वाई क्षेत्रमा ६४१ वटा विरुवा रोपिएका छन् । त्यहाँको करीब ९ हजार वर्ग फिट क्षेत्रमा हरियो दुबो रोपिएको छ ।
Categorized in स्थानिय