काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको काठमाडौंमा भब्य स्वागत गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीको भव्य स्वागत गरिन । नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका हुन ।
सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रीहरू विमानस्थल पुगेका थिए ।
राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर दिएको छ ।
यतिखेर सी विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरिसकेका छन भने केहीबेर आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताको कार्यक्रम छ ।
त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि आजै भेटवार्ता गर्ने छ ।
आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता र द्विपक्षीय सम्झौता हुनेछ ।
आइतबारै दिउँसो १ बजे सीको चीन फर्किन उडान छ । आइतबार पनि बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुनेछ ।
तस्वीर सबैः समाजिक सञ्जालबाट
Categorized in राष्ट्रिय