काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बस पार्कको लागि स्थायी ढलान गरेपछि स्थानीय र आभियान्ता आक्रोशित देखिए ।
दशैंको मौका छोपी खुलामञ्चमा रहेका अस्थायी वस पार्कमा ढलान नै गरेपछि उनीहरुले आईतबार खुलामञ्चलाइ घेरेर राखेको टिनको बारनै भत्काई दिएका थिए भने ढलान गर्ने कार्य पनि रोकेका छन ।
खुलामञ्च विभिन्न ढंगबाट अतिक्रमण हुँदै आएकोमा यो पनि एक अतिक्रमण भएको अभिन्ताहरुले बताएका छन ।
महानगरपालिकाले धुलो धुवाँमुक्त बनाउने भन्दै कालोपत्र गरेको बताएपनि अभियान्ताहरुले यो खुलामञ्च अतिक्रमणको अर्को रुप भएको र अस्यायी बसपार्कलाई स्थायी रुप दिन खोजेको बताएका छन ।
खुलामञ्च बचाउ अभियानले शनिवार रातीनै विज्ञप्ती जारी कालोपत्रि नरोके कडा आन्दोलन चेतावनी समेत दिएको थिए ।
खुलामञ्चमा कालोपत्र भईरहेको समाचार सार्वजनिक भए लगत्तै आईतबार विहान सरकोकारवालाहरु, सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित खुलामञ्च पुगेका थिए ।
तस्वीरहरु सबैः अभियान्ता गणपतिलाल श्रेष्ठ
Categorized in राष्ट्रिय