काठमाडौं । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० को अध्यक्षमा व्यवसायी तथा समाजसेवी रमेश महर्जन चयन भएका छन ।
आर.वि. डायमण्डका संचालक तथा नेपाल मण्डल टेलिभिजनका अध्यक्ष समेत रहेका महर्जनलाई विहिवार एक भेलाले समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
समारोह समितिका सल्लाहाकार समितिका संयोजक लक्ष्मीदास मानन्धर र ११३९ समारोह समितिका अध्यक्ष सत्यभामा माथेंमाले अध्यक्ष महर्जनलाई खादा ओढाई शुभकामना दिएका थिए ।
नेपाल संवतलाई भव्य र सभ्य रुपमा मनाउने प्रतिवद्धा व्यक्त गर्दै अध्यक्ष महर्जनले माननीय व्यक्तिहरुको सुझाव सल्लाह तथा सहयोग आवश्यक रहेको बताए ।
न्हूँदलाई भव्य रुपमा सफल बनाउन विभन्न उपसमितिहरु गठन गरिनुका साथै गैर नेवाःहरुको प्रतिनिधीहरुलाई सहभागी गराउने भएको छ ।
Categorized in राष्ट्रिय