३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बसको ढोका थुनेर ५ जना युवाद्धारा एक युवतिको सामूहिक बलात्कार


प्रकाशित: मंगलवार, १४ असोज २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । सुनसरीमा वसका चालकसहित ५ जनाले एक युवतीलाई सामुहिक बलात्कार गरेका छन । 


सोमबार बेलुका सुनसरी इटहरी उपमहानगरपालिका–१० स्थित पेट्रोल नजिक युवतीलाई लगेर बसभित्र युवतीलाई मदिरा सेवन गराई बलात्कार गरेको खबर सार्वजनिक भएको छ । 


प्रहरीका अनुसार बेलुका साढे ९ बजेतिरको उक्त घट्नामा युवतीले मोवाईल गस्तीमा रहेको प्रहरीलाई बताएका थिए । 


युवतीले प्रहरीलाई बताए अनुसार को.१ ख. ४६२७ नम्बरको यात्रुबहाक बसका चालक विकास कसाईसहित ५ जनाले बलात्कार गरेका थिए । 


उक्त बसको अन्तिम सिटमा अन्तिम यात्रुको रुपमा रहेकी ती युवती विराटनगरतर्फ छुटेको सो बसमा चढेको थिईन, बस इटहरी आएपछि चोकमा उत्रिन खोज्दा बसको ढोकामा बसका कन्डक्टर सुमन मग्राती, आशिक कार्की र पुराना कन्डक्टर नितेश घिमिरेले ओर्लन नदिएको युवतीले बताईन । 


धरान घर भएकी ती युवति आफन्तको घर बेलवारी जान खोज्दा ईटहरी चोकमा उत्रिन खोजेका थिए । 


प्रहरीले सुन्दर हरैंचा नगरपालिका–१२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका–४ का सुरज थापा, सिरहा लहान नगरपालिका–४ का सुरेन्द्र भुलेज, बेलबारी नगरपालिका–७ का आशिष कार्कीलाई पक्राउ गरेका छन । 


बलात्कृत युवतीलाई प्रहरीले राति नै उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुराएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex