काठमाडौं । काठमाडौंको कपनमा एक महिलालाई नशालु पदार्थ सेवन गराई लुट र हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असोज १ गते ५५ वर्षीया महिला कमला कार्कीको हत्यामा अनुसन्धानपछि उक्त रहस्य खुलेको हो ।
प्रहरीले मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरिएको हो ।
मृतक महिला कपनको तेन्जिङ चोकनजिकैको खाजा पसलसँगै किराना पसल सञ्चलान गर्दै आएकी थिइन । असोज १ गते प्रहरीले आफ्नै कोठामा हात खुट्टा बाँधेको अवस्थामा ती महिलाको शव फेला परेपछि अनुसन्धान अघि बढाएको थियो ।
उनीहरुले महिलालाई नशालु पदार्थ सेवन गराई चार वटा सुनका औंठी र ४५ हजार रुपैयाँ लुटेको छ । हत्या गर्ने व्यक्ति र उनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार लुटने क्रममै महिलाले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको जनाएको छ ।
Categorized in समाज