१४ भाद्र २०८३, आइतबार
Header

७ प्रदेशका मुख्यमन्त्रीहरुका लागि आज भैसीपाटीमा आवास शिलान्यास 


प्रकाशित: सोमबार, १३ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ७ प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुको लागि भीआईपी आवासको शिलान्यास गर्ने भएको छ । 


ललितपुरको सैंबु भैंसेपाटीमा आज बिहान १०ः४५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 


सरकारले १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा  प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि सुविधासम्पन्न अलग–अलग भवन बनाउँदै छ ।


८५ करोडको लागतमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि बन्ने १४ वटा भवनका निर्माण हुने भएको  भने राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सभामुख, उपसभामुखका लागि २७ वटा भवनको लागि १ अर्ब ४५ करोड रुपियाँको बजेट बिनियोजन गरिएको छ ।


केसी कन्स्ट्रक्सन तथा सामानान्तर जेभीले २ बर्षभित्र निर्माण कार्य सम्मपन्न गरिसक्ने गरी ठेक्का पाएको छ । 


गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले भीआईपीहरुका लागि भैंसेपाटीमा आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex