६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

बौद्ध विहारलाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड, बुबहालमा दशैं मेला शुरु


प्रकाशित: आईतवार, १२ असोज २०७६, २०ः०० बजे
- महानगरखवर

ललितपुर । राज्यका तीनै तहका जनप्रतिनिधिहरुले ललितपुरका ऐतिहासिक बौद्ध विहारहरु (बहाः,बही) लाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।


बुबहाल युवा समूहले ललितपुर महानगरपालिका– १६ को विशेष सहयोगमा यशोधरवर्ण महाविहार बुबहालमा आयोजना गरेको दशैं (मोहनी) मेला –२०७६ शुभारम्भ गर्दै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् ।


मेलाको उद्घाटन गर्नुहुँदै ललितपुर क्षेत्र नं– २ का संघीय सांसद् कृष्णलाल महर्जनले बौद्ध विहारहरुको संरक्षण गरी पर्यटकहरुको निम्ति आकर्षक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 


लुम्बिनीमा जान नेपाल आउने विश्वका बुद्धधर्मावलम्बीहरुलाई यहाँका ऐतिहासिक बौद्ध विहारहरुको बारेमा प्रचारप्रसार गरेर तिनलाई ललितपुरमा तान्न सकिने प्रबल सम्भावना रहेको पनि सांसद् महर्जनको विचार रहेको छ ।


सो अवसरमा प्रदेश नं ३ का सांसद् शोभा शाक्यले जिल्लाका लिच्छिविकालीन र मल्लकालीन बौद्ध विहारहरु बुद्ध दर्शन, संस्कृति, संस्कारको मुख्य केन्द्र रहेको उल्लेख गर्दै यसलाई पर्यटकीय ‘रुट’ मा पार्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । 


नजिकिँदै गरेको भिजिट नेपाल सन् २०२० मा नेपाल भित्र्निे पर्यटकहरु बसाईलाई फलदायी बनाउन बौद्ध विहार घुमाउने, त्यहाँको जीवन्त संस्कृति बारे जानकारी दिने गरी विशेष ‘प्याकेज’ ल्याउन सकिने पनि उहाँको विचार रहेको छ ।


सांसद् शाक्यले भन्नुभयो ‘बौद्ध विहारहरु धार्मिक दृष्टिले मात्र नभई प्रस्तर कला, काष्ठकला हिसाबले पनि निकै महत्वपूर्ण छ । विहार वरपर होम स्टे व्यवस्था मिलाउन सक्यो भने आयआर्जन गर्न सकिने सम्भावना छ ।’ उहाँले बौद्ध विहारहरुलाई पर्यटकीय गन्तव्यरुपमा विकसित गर्नका लागि तिनको संरक्षण, सम्बद्र्धन र आवश्यक पूर्वाधार बनाउनुपर्ने खाँचो पनि औल्याउनुभयो ।


सोही अवसरमा प्रदेश नं ३ का सांसद् ज्ञानेन्द्र शाक्यले ललितपुरलाई सांस्कृतिक र पर्यटकीय नगरी घोषणा गर्नुपर्ने धारणा राख्नुभयो । यसका लागि राज्यका तीनै तह मिलेर अघि बढ्नुपर्ने सांंसद् शाक्यको जोड रहेको छ ।


समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाभित्र संस्कृति, सम्पदा, बौद्ध विहारहरु थुप्रै रहेकोलाई मध्यनजर गर्दै वडाले संस्कृति, सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । 


कला संस्कृति सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन, स्थानीयको आर्थिक र मानवीय विकासका लागि कहिले वडा स्वयंले मेला आयोजना गर्ने त कहिले मेला आयोजना गर्नेहरुलाई सघाउने नीति लिएको आएको अध्यक्ष शाक्यले बताउनुभयो ।


पाँच दिनसम्म मेला


स्थानीय महिलाहरुको उद्यमशीलता विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको समूहका अध्यक्ष बाबुराजा बज्राचार्यले बताउनुभयो । पाँच दिनसम्म चल्ने सो मेलाको सहआयोजकको रुपमा यशोधर बचत तथा ऋण सहकारी संस्था .लि र संरक्षकमा यशोधर महाविहार सुधार समिति रहेको छ । 


मेलामा स्थानीय महिला समूह, सहकारीहरुले उत्पादन गरेका दैनिक प्रयोगका सामग्रीहरु, लत्ता कपडा, सज्जावटका सामग्रीहरुहरुको स्टल रहेको छ । मेलाको आकर्षकको रुपमा हरेक साँझ चर्या नृत्य, सांस्कृतिक कार्यक्रमसंगै नेवारी खाजाको स्वाद लिन सकिने छ । मेलाबाट नेवारी खाजाको ब्राण्डिङ, स्थानीय कलाकारहरु प्रर्वद्धन हुने आयोजकहरुको विश्वास रहेको छ ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika