१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले पनि बजार अनुगमनलाई तिब्र पार्ने, सुन्धारा क्षेत्रमा अनुगमन


प्रकाशित: शुक्रवार, १० असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले पनि बजार अनुगमनलाई तिव्र पारिने महानगर उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले बताएकी छिन । 


उपप्रमुख खड्गीले जनताको दैनिक जीवनसँग जोडिएका सवालमा हामीले आँखा चिम्लिन मिल्दैन, मूल्य र गणस्तरमा ठगी गर्न नपाईने शुक्रवार बसेको बजार अनुगमन समितिको बैठकमा बताए । 


महानगरले एक बर्षको तालिका बनाएर बजार अनुगमन गरेमात्र उपभोक्ताले विश्वास गर्ने खड्गीले बताए । 


महानगरको अनुगमन टोलीले आज सुन्धारा क्षेत्रमा भएका होटल, रेष्टुरेन्ट तथा खाजा घरको अनुगमन गरिएको थियो । 


अनुगमनको त्रक्रममा सरसफाइ, दर्ता र नविकरण, पोशाक, खाद्यबस्तुको गुणस्तरमा कमजोरी पाएको महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । 


उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट बस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल ५ हजार रुपैयाँदेखि बढीमा ३ लाख रुपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ । 


महानगरको सो बैठकमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुगमनमा सरोकारवाला सबै हुनुपर्छ, ती सबै निकायले प्राप्त गरेको अधिकार प्रयोग गरेर बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 


नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex