३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सडक जाममा परि बिरामीको मृत्यु


प्रकाशित: शुक्रवार, १० असोज २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपचारको लागि ल्यादै गरेको एक बिरामीको सडक जाममा परि मृत्यु भएको छ । 


रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा मिर्गौला रोगी रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाहको मृत्यु भएको छ । 


थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित राजमार्गमा बसभित्र शाहको आमाको काखमा मृत्यु भएको प्रहरीले जनाएको छ । 


त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण सो दुर्घट्ना हुन गएको हो । 


शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा जामका कारण लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा उनको मृत्यु भएको हो । 


एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex