काठमाडौं । काठमाडौं दरवारमार्गमा विहिवार आपूर्ति विभागले छापा मारेको छ ।
विभागले दरवारमार्गका विभिन्न पसलहरु, आउटलेटहरुमा मा छापा मारेको विभागले जनाएको छ ।
अनुगमनका क्रममा टोलीले दरबारमार्गस्थित बेन्ट्लीलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ भने अन्य पसलेहरुलाई पनि कागजपत्रहरु नदेखाएकाले २० देखि ७० हजारसम्म जरिवाना गरेको विभागका अधिकारीले बताए ।
विमागका अनुसार दरवार्गको शेर्पा मलमा अनुगमन टोली पुगेपछि पसललेहरु सटर बन्द गरेको भागेको थियो ।
त्यसैगरी टोलीले चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा पनि अनुगमनको क्रममा बिक्री गरेको सुपारीमा उत्पादन मिति र एक्सपाइरी डेट नभएको कारण ५० हजार रुपैयाँ जरिवाना गराइएको जनाएको छ ।
विभागले दरबारमार्ग, न्यूरोड, असन लगायत बजारमा रहेका सपिङ आउटलेट अनुगमनका लागि छ वटा समूह परिचालन गरेको जनाएको छ ।
यस अघि न्यूरोडको रन्जना कम्लेक्समा अनुगमन टोलीले छापा मार्दा व्यापारीहरुले उल्टै अनुगमन टोलीलाई नै घेराबन्दी गरेका थिए ।
Categorized in बजार