३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एसिड आक्रमणका घाईते जेनी र मुस्कानलाई ३/३ लाख सहयोग


प्रकाशित: विहिवार, ९ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले एसिड आक्रमणमा परि घाईते भएकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ । 


सरकारले उनीहरुलाई उपचार र जीवनयापनको लागि ३/३ लाख रुपयाँ सहयोग गर्ने भएको छ । 


मन्त्रिपिरिषदको बैठकबारे जानकारी दिन विहिवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 


मुस्कान भदौं २० गते आफ्नै कक्षाका साथीको प्रेम प्रस्ताव नस्विकार्दा एसिड आक्रमणमा परेका थिए भने खड्कागत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलको एसिड आक्रमणमा परेका थिए । 


हाल दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex