काठमाडौं । स्वर्गिय कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने कांग्रेस नेता शंकर भण्डारीले जानकारी दिएका छन् ।
शव साँझ दिल्लीबाट काठमाडौं ल्याउन लागिएको हो । भण्डारीका अनुसार, अन्तिम श्रदाञ्जलीका लागि खड्काको शव पार्टी कार्यालय सानेपामा राखिनेछ । भोलि बिहान ८ बजेदेखि २ बजेसम्म खड्काको शव पार्टी कार्यालय सानेपामा राखिने र त्यसपछि अन्त्यष्टि गरिने तयारी छ ।
दिल्लीस्थित भारतको अपोलो अस्पतालमा उपचारका क्रममा खड्काको हिजो निधन भएको थियो ।
प्रकाशित मितिः २०७४ चैत्र १७ शनिवार १२ः५२ दिनांक
Categorized in राष्ट्रिय