काठमाडौं । प्रहरीले जनकपुरधाममा गोली प्रहार गरी चार जना डाँकालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका कार्यालयको गेट परिसरममा रहेका जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै प्रहरीले उनीहरुाई पक्राउ गरेको हो ।
प्रहरीले ३ राउण्ड गोली फायर गरेर डाँकाहरुलाई समातेको हो । पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी रहेका छभने नेपाल रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह रहेका छन ।
विहिवार विहानै साढे ३ बजेको समयमा उनीहरु पसलको सटर फोडेर लुटपाटमा संग्लन रहेको अवस्थामा प्रहरीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोलीबाट एक जनाको खुट्टामा गोली लागेको छ । उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ ।
Categorized in समाज