ललितपर । ताम्रकार समाजको अभिमुखिकरण कार्यक्रममा महिलाहरुले महिलामाथि हुने हिंसाका बारे बोलेका छन ।
ताम्रकार समाजको आयोजना तथा महानगरीय प्रहरी प्रभाग, मंगलबजारको सहयोगमा समुदाय प्रहरी साझेदारी अन्तर्गत भएको महिला हिंसा न्यूनीकरण विषयक अभिमुखीकरण कार्यक्रममा महिलाहरुले महिलामाथि हुने घरेलु हिंसाका कारणबारे चर्चा र बहष गरेका छन ।
महिला माथि हुने घरेलु हिंसाका ९०% घटना सार्वजनिक नभइरहेको बेला यस कार्यक्रमले महिला हिंसाको अन्त्यको बारेमा आवाज उठाएका थिए ।
अभिमुखीकरण कार्यक्रममा प्रस्तुती दिंदै मंगलबजार प्रभागका प्रमुख एवं प्रहरी निरिक्षक चन्चला श्रेष्ठले शहर मै पनि महिला माथि फरक किसिमले हिंसा हुनेगरेको बताउंदै गाउंतिर यस्ता घटनाहरु झन विकराल रहेको बताउनुभयो ।
महिलाहरुको सहन गर्ने शक्ति नै महिलाको कमजोरी रहेको बताउंदै उहांले यस्ता कार्यक्रमहरुबाट यहांका जनताको भावना, समस्याहरु बुझ्न सहयोगीहुने बताउनुभयो । उहाँले स्थानीयको पिर मर्का सुनेर प्रहरी प्रशासनको कामलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुंदै हालै मात्र नियुक्ती भएर आउनु भएका ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले ललितपुर सांस्कृतिक, पुरातात्विक नगरी रहेको बताउंदै स्थानिय जनताको भावना र मनोविज्ञानलाई बुझेर प्रशासनले काम गर्ने बताउनुभयो ।
उहांले महिला हिंसा न्यूनीकरणका लागी स्थानिय प्रशासन वा प्रहरी प्रशासनले मात्र सम्भव नहुने बताउंदै स्थानिय समुदायको साथ सहयोगको पनि नितान्त आवश्यक रहेको बताउनुभयो ।
यस्तो महत्वपूर्ण र गहन विषयमा कार्यक्रम गर्नु भएकोमा ताम्रकार समाजलाई आभार प्रकटगर्दै उहांले प्रशासनलाई जवाफदेही बनाउन, सुधार गर्न समुदायसंग सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुंदै समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले अबको प्रशासन जनउत्तरदायी, समुदायमैत्री हुन सक्नुपर्ने बताउनुभयो । उहांले प्रशासन कार्यालय, प्रहरी परिशर वा प्रहरी प्रभागमा नयां नेतृत्व आउंदा स्वागत एवं परिचयाताक कार्यक्रम राखिने नौलो नरहेको बताउंदै समाजले फरक अभ्यासका रुपमा स्वागत संगै शान्ति, सुरक्षाका विषयमा अन्तक्रिया, छलफल कार्यक्रम राख्दै आइरहेको बताउनुभयो ।

उहांले प्रशासनसंग महिला पहुंच कमहुने र समुदाय प्रहरी साझेदारी कार्यक्रमको मर्म महिलाहरु माझ स्थापित गर्नपनि यस अभिमुखीकरण सहयोगी सिद्धहुने बताउनुभयो । मन्तव्य राख्ने क्रममा महानगरीय प्रहरी परिशर, ललितपुरमा हालै पदवहाली गर्नुभएका वरिष्ठ प्रहरी उपरिक्षक टेकप्रसाद राईले समुदाय प्रहरी साझेदारीको मर्मलाई हरेक नागरिकको मन मस्तिष्कमा स्थापित गर्न नेपाल प्रहरीले कुनै कसर बाकी नराख्ने बताउंदै नेवाः समुदायको संस्कृति, भाषाप्रति आफ्नो उच्च सम्मान रहेको बताउनुभयो ।
कार्यक्रममा ललितपुर जिल्लामा हालै नियुक्त भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डे, प्रहरी प्रमुख राई, प्रहरी निरिक्षक श्रेष्ठलाई ताम्रकार समाजले स्वागत तथा सम्मान गरेकाथिए । कार्यक्रममा समाजका उपाध्यक्ष विनोद ताम्रकार, महासचिव शम्भु गोविन्द ताम्रकारले पनि मन्तव्य राख्नु भएको थियो । जावलाखेल स्थित ताम्रकार समाज भवनमा भएको उक्त अभिमुखीकरणमा ६५ भन्दा बढीको सहभागीता रहेको थियो ।
Categorized in समाज