काठमाडौ । कृषी विकास बैंक लाहान शाखाबाट ह्याकरको एक समूहले १ करोड ४९ लाख लुटेको तथ्य सार्वजनिक भएको छ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो ।
ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पुष्टि गर्दै कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको बताएको छ ।
यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएपनि यो नौलो तरिका भएको प्रवक्ता निरौलाको भनाई छ ।
प्रहरीले उक्त रकम निकाल्न संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन ।
प्रहरी उनीहरुलाई काठमाडौंबाट मंगलवार पक्राउ गरेपनि यसबारे कुनै सार्वजनिक जनाकारी भने दिएको थिएन ।
यस अघि चाईनिज ह्याकरहरुले काठमाडौंको विभिन्न बैंकबाट करौडौं रकम ह्याक गरेको थियो ।
Categorized in बैंक