२ भाद्र २०८३, मंगलबार
Header

मान्छे हान्दै हिड्ने राँगा न्यूरोडमा प्रहरीको गोलीबाट मारिए (भिडियो )


प्रकाशित: मंगलवार, ७ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको स्वयम्भू क्षेत्रबाट फुत्केर आएको राँगाले उप्रदो मच्चाई मानिसमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो । 


प्रहरीले कठमाडौं महानगरपालिका २२ वडा न्यूरोड प्लाजास्थित उक्त राँगालाई नियन्त्रणमा लिन गोली प्रहार गरेको महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले बताएका छन । 


राँगाको आक्रमणबाट ३ जना घाईते भएका छन भने एक ट्याक्सीमा सामन्य क्षति पुराएको प्रहरीले जनाएको छ । 


महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू, कालिमाटी हुँदै न्युरोड आइपुगेको थियो । 


राँगाले उत्पाद मच्चाउन थालेपछि साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो । 


राँगा धनी अहिलेसम्म प्रहरी सम्पर्कमा भने नआएको र कसरी फुत्कियो वा कहाँबाट आयो भन्ने पूरै यकिन नभएको प्रहरीले बताएको छ । 

 


भिडियो रिफयुजी देउलाको फेसबुक पेजबाट 

asteriskhubs
Home Page Bottom Second


maharjan complex