काठमाडौं । ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा एक युवतीको मृत्यु भएपछि उनका आफन्तजनले प्रदर्शन गरेका छन ।
धादिङकी २९ बर्षिय अनिता गुरुङको पत्थरीको अपरेशन गर्दा आईतबार विहान उनको मृत्यु भएको हो ।
शुक्रबार भर्ना गरिएकी गुरुङको अपरेसनपछि मृत्यु भएपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन ।
डाक्टरहरुको लापरवाहीको कारण अनिताको मृत्यु भएको भन्दै उनका आफन्तजन प्रदर्शनमा उत्रेमहानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ । अस्तपतालका डाक्टरहरुले भने उनको मृत्यु हटट्याक आएर मृत्यु भएको बताईरहेको छ ।
Categorized in स्वास्थ्य