काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ ।
सरकारले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्ष २०७५÷०७६ देखि सो आर्थिक बर्षमा नियुक्ती हुने कर्मचारीले पेन्सन नपाउने व्यवस्था गरेको छ । पेन्सनको बैकिल्पकमा योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ ।
ग्रिसमा पेन्सनको भार यति बढ्यो कि कुल बजेटको २० प्रतिशत पेन्सनमै खर्च हुने भएपछि अर्थतन्त्र नै डगमगाएपछि नेपालले त्यस्तो संकट नआओस् भन्ने हेतुले योगदानको आधारमा निबृत्तिभरणको योजना ल्याएको सरकारी अधिकारीहरुले बताएका छन् ।
सरकारलाई पेन्सनको भार प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै गएको छ । गत वर्षसम्म नेपालको कुल बजेटको ६ प्रतिशत रकम पेन्सनमा खर्च भएको थियो ।
Categorized in राष्ट्रिय