३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मनहोरा र हनुमन्ते खोलामा बाढी, छेउछाउका बस्ती जोखिममा


प्रकाशित: विहिवार, २ असोज २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । लगातार बर्षाको कारण हनुमन्ते र मनहोरा खोलामा आएको बाढीले छेउछाउका बस्ती जोखिममा परेका छन । 


बाढीको कारण मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित सुकुम्बासी बस्ती र त्यस आसपासका क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिममा परेको छ ।


स्थानीयहरुका अनुसार सो क्षेत्रमा लगातार बर्षाको कारण परेको खोलाको बहाव बढेर बस्ती नजिक पुगेको छ । बस्तीकी सावित्री कार्कीले रातभर पानी परेपछि खोलाको बाढी पस्ने डरले सुत्न नपाएको बताउँदै बालबालिकालाई काखी च्यापेर डरले बस्नुपरेको बताइन ।


हनुमन्ते नदीमा आएको बाढीले यसअघि पनि मध्यपुरथिमि राधेराधे, बालकोट, बाराहीस्थान, जगातीलगायतका क्षेत्र डुबानमा परेकाले अहिलेको पानीले पनि बस्तीमा बाढी पस्ने डर भएको यहाँका बासिन्दाले बताएका छन । 


प्रमुख जिल्ला अधिकारी नारायण भट्टले खोलामा आएको बाढी बस्तीमा पसेर डुबानमा पार्ने जोखिम बढेकाले सर्तक रहन सबैमा आह्वान गरेको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex