२ भाद्र २०८३, मंगलबार
Header

कपनमा एक महिलाको शव हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा भेटिए


प्रकाशित: बुधवार, १ असोज २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौं कपनमा एक महिलालाई मृत अवस्थामा फेला पारेको छ । 


कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने कमला केसी नामकी ती महिला हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ ।


प्रहरीका अनुसार अन्दाजी ५५ बर्षकी मृतक केसीको मृत्युको कारणबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उक्त घट्नाको विषयमा अनुसन्धान गर्न २ जनालाई नियन्त्रणमा लिएको छ । 


महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार आफ्नै डेरामा उनी मृत भेटिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex