३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बिरामी बोकको जिप अरुण नदिमा खस्यो, ६ जना बेपत्ता


प्रकाशित: बुधवार, १ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । बिरामी बोकेर संखुवासभा सदरमुकाम खाँदबारीबाट धरान आउँदै गरेको जीप अरुण नदिमा खस्दा ६ जना बेपत्ता भएका छन । 


मंगलवार राती १०ः३० बजेको समयमा धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नम्बरको जिप अरुण नदीमा खस्दा जीपमा सवार ६ जना हराईरहेका छन ।


बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताएका छन । 


प्रहरीका अनुसार खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन । त्यसैगरी प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex