काठमाडौं । काठमाडौं स्वयम्भु हलचोकमा मंगलबार ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको निधन भएको प्रहरीले जनाएको छ ।
बा.५ ख ५०० नम्बरको टिपरले बा.३३ प ४०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट ओखरपौवा–७ का ४७ बर्षीय शंकर कोइरालाको मनमोहन अस्पताल स्यवम्भुमा उपचारको क्रममा मृत्यु भएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज