१८ बैशाख २०८१, मंगलबार
Header

विदेशी नगरका पाहुनाहरुद्वारा बसन्तपुरको सम्पदा अवलोकन (फोटो फिचर )


प्रकाशित: शुक्रवार, २७ भाद्र २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको निमन्त्रण स्वीकार गरी आएका विदेश नगरका पहुनाहरुले बसन्तपुर आसपासका सम्पदा र जीवनशैलीको अवलोकन गरेका छन । 


शुक्रवार विहान बिदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले महानगरको भित्री सहरी क्षेत्र र कुमारी रथयात्रा मार्गको अवलोकन गरेका हुन ।


महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बसन्तपुरमा उनीहरुलाई स्वागत गरेका थिए । 


प्रमुख शाक्यले भ्रमणमा पहुनाहरुले निकै चाख देखाएको तर समय छोटो भएकोले धेरै क्षेत्रलाई समेट्न नसकिएको बताए ।  


महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न ५ देशका ११ सहरबाट ४१ जना सहभागी भएका छन । जसमा चीनको ल्हासाबाट मेयर गुहेओ गुहेओ, भुटानको थिम्पु नगरबाट मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह प्रतिनिधि मण्डलसहित आउनुभएको छ । चीनको लाञ्चाउबाट कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ् आएका छन । 


यस्तै प्रतिनिधि पठाउने अन्तरराष्ट्रिय सहरहरुमा चीनको सियान, छेन्दु, सेञ्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगर रहेका छन ।


बसन्तपुरबाट शुरु अवलोकन टोली बःबही, ब्रह्मचक्रमहाबिहार, मञ्जुश्रीनक महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरव हुँदै बसन्तपुर पुगेको थियो । 


त्यसपछि बसन्तपुरको श्वेतभैरव अगाडिको डवलीमा आयोजना गरिएको फोटो प्रदर्शनी उद्घाटन गरिएको थियो ।

 

 

 


 

तस्वीरहरुः निरिपेन्द्रलाल श्रेष्ठ, सुगतरत्न सिन्धुकारको फेसबुक पेजबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD