३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विद्यालयबाट घर फर्किने क्रममा पहिरोमा पुरिएर २ बालिकाको मृत्यु


प्रकाशित: विहिवार, २६ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । पहिरोमा पुरिएर रुकुम मुसीकोट वडा १० स्थितमा दुई बालिकाको मृत्यु भएको छ । 


बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।


विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex