३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गृहमन्त्रीका भाइ प्रहरी हिरासतमा 


प्रकाशित: विहिवार, २६ भाद्र २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका साईला भाई नरेश थापा प्रहरी हिरासतमा परेका छन । 


प्रहरीको सम्पर्कमा आफै आएका थापामाथि प्रहरीले गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा मुद्दा अघि बढाइपछि सम्पर्कमा आएका हुन । 


गुन्डा नाइके  बस्नेत यतिखेर निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या आरोपमा जेलमा रहेका छन । 


केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर धम्की दिएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । 


थापासँग काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको प्रहरीले जनाएको छ । विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex