८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ललितपुर चेम्बरको १० बुँदे नीति सार्वजनिक 


प्रकाशित: मंगलवार, २४ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

ललितपुर । ३५ औं हस्तकला नगरीको घोषणा अनुरुप कार्य अघि बढाउन ललितपुर चेम्बर अर्फ कमर्शले सरोकारवालाको ध्यानाकर्षण गराइने भएको छ ।


सोमबार ललितपुरको मानभवनमा पत्रकार भेटघाट गरी कमर्शले आफ्नो नीति सार्वजनिक गर्ने क्रममा सो को जानकारी दिइएको हो । 


वल्ड क्राफ्ट काउन्सिलले गत वर्ष कार्तिक २८ गते ललितपुर नगरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको थियो । घोषणाको श्रेय लिन सबैले हतार गरेपनि कला र संस्कृति सम्बन्धी १२ बुँदे घोषणापत्र कार्यान्वयनमा उदासिनता देखाएको भन्दै कमर्शले सो विषयमा महानगरपालिकालाई ध्यानाकर्षण गराउन लागिएको कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो । 


कला नगरीको घोषणा अनुरुप कार्य अपेक्षाकृत रुपले अघि नबढेको पनि कमर्शले निष्कर्ष निकालेको छ । 


एक महिना अघि जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको सो संस्था नेपाल चेम्बर अफ कर्मशको ७२ औं शाखा रहेको छ । ललितपुर जिल्लाको समग्र आर्थिक विकास र उद्यमीहरुको हकहित गर्ने प्रतिबद्धता व्यक्त गर्दै कमर्शले आफ्नो नीति सार्वजनिक गरेको  थियो  । 


कमर्शले अहिले व्यवसायीहरुले भोग्नुपरिरहेको समस्या समाधानको लागि गरिने पहलकदमीलाई तत्कालीन कार्यक्रमको रुपमा अघि सारेको छ । करको दायरा नबढाई दर बढाएकोमा संघ र स्थानीय तहको ध्यानाकर्षण गराउने कार्य पनि अध्यक्ष शाक्यले बताउनुभयो । ‘कर लिने कार्यलाई जटिल र अव्यावहारिक रहेको छ ।’ उहाँले भन्नुभयो ।


त्यसैगरी महालक्ष्मी नगरपालिकास्थित लुभूलाई टेक्सटायल नगरी बनाउनुपर्ने, पर्यटन वर्षलाई लक्षित गरी आवश्यक व्यवस्थापकीय र पूर्वाधार तयार गर्नुपर्ने पनि कमर्शको माग रहेको छ ।‘ पर्यटन वर्षको रटान गरेर मात्र पर्यटक ओइरिने होइन । यसका आवश्यक तयारी अघि बढाउनुपर्दछ ’अध्यक्ष शाक्यले भन्नुभयो‘महानगरपालिका र महालक्ष्मी नगरपालिकाको आर्थिक विकासमा हस्तकला र टेक्सटायलको विषय निकै महत्वपूर्ण विषय हो ।यसमा दुवै नगरपालिका गम्भीर बन्नुपर्दछ  । ’ 


उद्यमी, व्यवसायीहरुमा एकता, समन्वय र मैत्रीपूर्ण सद्भाव विकास गरी तिनका समस्यालाई जोडडार रुपले उठाउन कमर्श गठन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो ।


त्यसैगरी जिल्लाको आर्थिक विकास र उद्यमीहरुलाई संगठित गराउन नगरपालिका र गाउ“पालिकास्तरीय चेम्बर अर्फ कमर्श स्थापना गर्ने पनि कमर्शका नीति रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, प्रदर्शनीको आयोजना गर्ने र सहभागी हुने उल्लेख गर्दै सरोकारवाला सबैसंग सहकार्य गर्ने पनि बताइएको छ ।


सुनचाँदी, निर्माण सामग्री, हस्तकला, कपडा लगायत वस्तुगत संघ नै संगठनात्मक मेरुदण्ड रहेको उल्लेख गर्दै कमर्शले त्यसको सबलीकरण, संगठनात्मक पद्धति बसाल्ने कार्यमा ध्यान केन्द्रीत हुने जनाएको छ । त्यसको लागि निरन्तर तालिम सञ्चालन गर्ने कमर्शले जानकारी दिएको छ ।


कमर्शले जिल्लाका ६ वटै स्थानीय तह, उद्यमी व्यवसायीको सहभागितामा चाँडै नै संस्थाको मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गन पनि कमर्शका महासचिव सुविन बज्राचार्यले जानकारी दिनुभयो । कमर्शले महिला चेम्बर पनि गठन गर्ने जनाएको छ ।


सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघ हुँदाहुँदै समान प्रकृतिको संस्था किन चाहिएको भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष शाक्यले भन्नुभयो ‘जनसंख्या वृद्धि, स्थानीय तहको संरचना, उद्यमी, व्यवसायीहरुको संख्यात्मक वृद्धि र व्यावसायिक वातावरणमा आएको नयाँ चुनौती सामना गर्न कमर्श स्थापना गरिएको हो ।’


क्राफ्ट सिटीको घोषणा भएर सबै खुशी छन्, घोषणा अनुरुप काम अघि बढाउन सरोकारवाला उदासिन भएको अवस्थामा के गर्नुहुन्छ त भन्ने प्रश्नको जवाफ दिँदै शाक्यले घोषणा अनुरुप काम अघि नबढाउने हो भने विश्वको कला नगरीको सूचीबाट ललितपुर हटाउने खतरा रहन्छ । त्यसैले सबै मिलेर घोषणा अनुरुप काम अघि बढाउन ध्यानाकर्षण गराउनुपर्दछ ।’


 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika