काठमाडौं । काठमाडौं महानगरपालिकाले गुँला बाज खललाई जनही एक लाख रुपियाँ अनुदान प्रदान गरिएको छ ।
महानगरले २३ वटा गुँला खललाई जनही १ लाख रुपैयाँको दरले २३ लाख रकम अनुदान रकम प्रदान गरेको हो ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र गुँला बाजा व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले संयुक्त रुपमा अनुदान रकम वितरण गरेका थिए ।
प्रमुख बिद्यासुन्दर शाक्यले बाजा बचाउन अहिलेका लागि कम्तीमा केही त होस भनेर हामीले अनुदान रकम प्रदान गरेको बताए ।
मूर्त अमूर्त सांस्कृतिक सम्पदाको पहिचान र संरक्षण बिषयमा व्यक्तिपिच्छे फरक धारणा हुँदा लोप हुन लागेका सम्पदा जोगाउन कठिन भएको शाक्यको भनाई छ ।
सम्पदाको प्राण भनौ या जीबन्तता बचाउन दुवै (मूर्त र अमूर्त) सम्पदालाई अन्तरसम्बन्धित बनाएर परम्पराबाट चलेकै अनुसार संरक्षण गर्नु पर्ने प्रमुख शाक्यले धारणा राखे ।
कार्यक्रममा संघीय संसद सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, नेकपा संघीय संसद कृष्णगोपाल श्रेष्ठ, महानरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सम्पदा जोगाउन र परम्परलाई निरन्तरता दिन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
रकम पाउने गुँला बाज खलहरुमा १० कसाः तःधं गुथि, जनबहाल २० चस्वाँद्व मानन्धर सनागु खल, चस्वाँद ३०असं बाज गुथि, असन ४० स्वयम्भू गंला बाजँ खलः स्वयम्भू ५० केशचन्द्र गुंला बाजं खलः रहेका छन ।
त्यसैगरी इतुंमबहाल ६० तेबहाः गुंला बाजं खलः, तेबहाल ७० ओम बहाः गुंला बाजं खलः, ओमबहाल ८० थँहिति मानन्धर गुथि, थँहिति ९० न्यागमणि फेदी धाः बाजं खलः, बालाजु १०० रत्नमण्डल महाबिहार सवं संघ, नघः ११० पाक्व पख्द्यां मानन्धर सना खलः, पाको १२० लाय्कुसाः मानन्धर समाज, लाय्कुसा १३० कीर्ति पुण्य महाबिहार छन ।
क्वहिति १४० ङत गुंला बाजं खलः, नरदेवी १५० मानन्धर सनागु खलः न्हूसाः, न्हूसाः १६० कीर्तिपुण्य महाबिहार, लगन १७० ताम्राकार गुंला बाजं खल, मरु १८० धर्मचक्र महाबिहार बाजं खलः, वँतु १९० त्यंघः कुमाः बाजं खलः, त्यघंः २०० भिंद्य गुथि, कालिमाटी २१० दैसाः त्वाः मानन्धर समाज, दैसा २२० चारुमती गुंला बाजं खल, चावहिल र २३० जय बागेश्वरी धा बाजं खल, जयबागेश्वरी रहेका छन ।
यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन ।
Categorized in सम्पदा/संस्कृति