३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मापसे गरेर चलाएको टयांकर घरभित्र छिरयो, एक बालकको मृत्यु


प्रकाशित: आईतबार, २२ भाद्र २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । दाङको तुलसीपुरमा मादक पदार्थ सेवन गरेको चलाएको टयांकर घरभित्र छिर्दा एक बालकको ज्यान गएको छ । 


तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भगवती टोल निवासी १३ बर्षीय अनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घरभित्र छिरेको रा १ त २६३१ नम्वरको ट्याक्टरल ठक्करबाट विकको मृत्यु भएको हो । विक स्थानीय डिभाईन टेम्पल बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्यनरत थिए । 


उनको उपचारको क्रममा  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिबार बेलुका ८ बजेतिर मृत्यु भएको थियो । टयांकर ७ बजेतिर घर भित्रै छिरेको थियो । 


आगनमा दिँदी सँगै बसेको मृतक दिदी ग्यास चुल्हो निभाउन भित्र छिरेकोले उनको ज्यान जोगिएको छ । 


स्थानीय प्रत्यक्षदर्शीका अनुसार उक्त घट्ना डरलाग्दो भएको बताएका छन । स्थानीयले टयांकर चालक कामी चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex