३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रेम प्रस्ताव नमान्दा किशोरीमाथि एसिड प्रहार


प्रकाशित: शुक्रवार, २० भाद्र २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । पर्साको वीरगंजमा एक किशोरीले प्रेम प्रस्ताव नमान्दा शुक्रवार विहान एसिड प्रहार भएको छ । 


पर्साका एसपी सोमेन्द्र सिंह राठौरले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार विहानको समय पारी स्थानीय त्रिभूवन हनुमान मावि कक्षा ९ मा अध्ययन गर्ने १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । 


वीरगञ्ज महानगरपालिका वडा ३ स्थित मामाघर बस्दै आएको खातुनलाई सोही स्थान बस्ने १६ बर्षे सम्साद मिया तथा माजिद आलमले विद्यालय जाँदै गरेकी खातुनलाई गणेशमान चोकमा एसिड प्रहार गरेका हुन ।


एसिड प्रहारबाट खातुनको अनुहार, छाती र हात, जलेको छ । उनको हाल उपचार भईरहेको प्रहरीले जनाएको छ । 


प्रहरीले एसिड प्रहारगरी भागेका दुईमध्ये एसिड प्रहार गर्ने सम्साद आलमलाई नियन्त्रणमा लिएको छ भने माजिद फरार रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex