२ भाद्र २०८३, मंगलबार
Header

बाढीले दोलखामा कार बगाउँदा एकको मृत्यु, २ घाईते


प्रकाशित: शुक्रवार, २० भाद्र २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । अविरल बर्षाको कारण दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलामा बाढिले कार बगाउँदा एकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेल रहेका छन भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन ।


घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो । 


कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex