३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मेलम्ची खानेपानी आयोजनामा स्थानीय र प्रहरीबिच झडप, चार जना घाईते


प्रकाशित: विहिवार, १९ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट पीडित आन्दोलनरत स्थानीय मजदुर र प्रहरीविच विहिवार झडप भएको भएको छ । 


सो झडपमा परी २ जना प्रहरी र २ जना मजदुर घाईते भएको  इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए ।


खानेपानीको मुहान अम्बाथानमा धर्नामा बसेको स्थानीय मजदुर र प्रहरीबिच झडप हुँदा प्रहरीले ६ राउण्ड अश्रु ग्यास तथा २ राउण्ड हवाइ फायर भएको छ भने आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरेका छन । 


आन्दोलनकारीरले मेलम्ची आयोजनाको सवारी साधनमा ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले निर्धारित गरेका घेरा मजदुरले तोड्न खोजेपछि झडप भएको प्रहरी निरीक्षक लामिछानेले बताए । 


अम्बाथानमा पूर्वमन्त्री एवम प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्य लगायतको टोली अवलोकन गर्न पुगेका थिए । 

 

आयोजनास्थलका स्थानीय मजदुरहरूको तीन महिनाको तलब र सञ्चय कोष बापतको नौ करोड ७४ लाख रुपैयाँ कम्पनीले भुक्तानी गर्न बाँकी छ । सोहि रकम खोज्दै स्थानीय आन्दोलित भएका हुन् ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex