काठमाडौं । प्रहरीले रसुवामा समान ढुवानी गर्ने कन्टेनर चालकमाथि निर्घात कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाईरल भएको छ ।
भिडियोमा दुईजना प्रहरीले कन्टेनर चालक चालक श्रीमान तामाङलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको दृश्य देखिएको छ ।
मंगलवार रसुवाको रसुवाको टिमुरेमा तामाङ कुटिएका हुन । उनलाई नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारले कुटेका थिए ।
नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक तामाङले आफ्नो गल्ती स्वीकारे जनाएपनि कुटपिट गरेको भन्दै प्रहरीको आलोचना भईरहेको छ ।
प्रहरीका अनुसार चालक तामाङले प्रहरीमाथि हात छाडेपछि उक्त घट्ना घटेको दावी गरेका छन । साँघुरो बाटोमा अव्यवस्थित रुपमा राखिएको गाडी हटाउन आग्रह गर्दा चालक तामाङले हात छोडेको रसुवा प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकाले सञ्चारमाध्यमलाई बताएका छन ।
भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिएको छ । प्रत्यक्षदर्शीहरुले प्रहरीलाई सम्झाएपनि प्रहरीले कुटपिट रोकेको थिएन ।
ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन ।
प्रहरीले चालक तामाङ र कुटपिट गर्ने प्रहरीलाई नियन्त्रणमा लिएको बताएको छ ।
Categorized in समाज