३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं स्युचाटारमा एकल महिलासँग २० लाख फिरौती माग्ने पक्राउ


प्रकाशित: मंगलवार, १७ भाद्र २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको स्युचाटारमा एकल महिला रन्जु त्रिपाठीसँग २० लाख धरौटी माग्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 


धादिङको वेनिघाट घर भई काठमाडौंको नयाँ बजार बस्ने २७ वर्षका सन्तोष कँडेलले ती महिलासँग २० लाख फिरौती माग गर्दै धम्की दिएका थिए । 


पक्राउ परेका कँडेलले २० लाख लिएर बालाजु पुलमा नआए वा प्रहरी र आफन्तलाई जानकारी गराए छोरीलाई सिध्याइदिने र घरमा पनि बम राखेर उडाइदिने धम्की दिएका थिए ।


काठमाडौं प्रहरी परिसर, टेकुका अनुसाार एकल महिला त्रिपाठीले प्रहरीलाई समयमै सुचना दिएपछि महागनरीय प्रहरी वृत्त, कालिमाटीले कँडेललाई पक्राउ गरेको हो ।

 
कुनै समय दिदी मानेर भाईटिका लगाएकी त्रिपाठीलाई कँडेलले धम्कीसहित चिठी लखेर रकम माग गरेको थियो । प्रहरीले अनुसन्धानको क्रममा सो खुलेको थिए ।

 
पाँच बर्ष अघि त्रिपाठीको श्रीमान वितेको थाहा पाएका कँडेललाई उनका ३ छोरीको बारेपनि पनि राम्ररी थाहा थियो । नजिककै मान्छेले धम्काएको हुन सक्ने प्रहरीको अनुमान सिसि क्यामेराको फुटेजबाट पक्राउ परेको कँडेल पक्राउ परेपछि अनुमान सत्य भएको थियो । 


सिसि फुटेजमा कँडेल आफै आएर त्रिपाठीको घरमा आएर एक बच्चाको हातमा चिठी दिएर पठाईएको देखिएको प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex