३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

डाँका मुद्दाका फरार अभियुक्तलाई गोली प्रहार गरी पक्राउ


प्रकाशित: शनिवार, १६ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोकमा डाँका मुद्दाका फरार अभियुक्तमाथि गोली चलाएको छ ।


फरार अभियुक्त नरेन्द्र न्यौपानेलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले पक्राउ गरी ल्याउने क्रममा राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भाग्ने क्रममा गोली प्रहार गरेको हो । 


अभियुक्त न्यौपानेको बायाँ खुट्टामा गोली लागेको छ । हाल उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले बताएको छ । 


भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।  


बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेले २०६८ सालमा बर्दियाको बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको थियो । 


सो अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex