२ भाद्र २०८३, मंगलबार
Header

सडक तत्काल नबने सिंहदरवारमा धर्ना दिने गगन थापाको चेतावनी


प्रकाशित: शुक्रवार, १३ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ अन्तगर्तका सडक तत्काल नबने सिंहदरवारमा धर्ना बस्ने सांसद गगन थापाले चेतावनी दिएको छ । 


पटक–पटक ताकेता गरेपनि यस क्षेत्रका सडक निर्माणमा आलटाल गरेको भन्दै शुक्रवार सांसद थापाको नेतृत्वमा पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका थिए । 


काठमाडौंका ४ का स्थानीयबासीसहितको टोलीले विभागमा धर्ना दिँदै सडक निर्माण गर्न दवाव दिएका थिए । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न नभएपछि सडक संघर्षमा आउनु परेको थापाले सञ्चारकर्मीहरुलाई बताएका थिए । 


काठमाडौं ४ अन्र्तगत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छ तर सडक निर्माणको काम भने हुन सकेको छैन । 


थापाले सरकारले फेरि सडक पुरानै ठेक्का कम्पनीलाई म्याद थप गरेर सडक निर्माणलाई दुई बर्ष पर धकेलेपछि सांसद थापाको नेतृत्वमा उपभोक्ता र स्थानीय सरोकारवालाले सडक विभागमा धर्ना दिएका हुन ।


उनीहरुले त्यहाँ करिव एक घन्टा धर्ना दिएपछि अहिले सांसद थापासहितका प्रतिनिधि र सडक विभागका अधिकारीहरुसँग छलफल गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex