२ भाद्र २०८३, मंगलबार
Header

गोकर्णेश्वरमा विहानैदेखि भक्तजनको भीड


प्रकाशित: विहिवार, १२ भाद्र २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । आज भद्र कृष्ण औशी अर्थात कुशे औंशी (बुवाको मुख हेर्ने दिन) छोराछोरीहरुले आफ्ना बाबुलाई विशेष सम्मान गरी मनाउँछन ।


जन्मदिने बाबुकोलाई भगवान समान मान्ने धार्मिक परम्परा अनुसार बाबुलाई मिठो खान तथा राम्रो लगाउन दिएर बाबुको मुख हेरिने गरिन्छ ।


बाबु नहुनेहरु भने विभिन्न धार्मिक स्थालमा गएर बाबुको श्राद्ध गर्ने गर्दछ । 


उपत्यकामा भने बुबा गुमाएकाहरुे उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने गर्दछ । 


शुक्रवार विहानैदेखि यस क्षेत्रमा भक्तजनको भीड लागेको छ ।  बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिए ।


पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन भन्ने धार्मिक विश्वास छ । 


यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको मन्दिरका पुजारी भट्टले बताए । 


दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 


वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन । 


 यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गोकर्णेश्वर महादेव मन्दिरमा पिताप्रति सम्मानका साथ श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औँशी पनि भनिन्छ । 


यसैगरी उपत्यका बाहिर बेत्रावतीस्थित उत्तरगया, देवघाट, त्रिवेणी, रिडी इन्द्रावती किनारस्थित स्फटकिश्वर महादेव मन्दिर क्षेत्र लगायत स्थानमा पनि भक्तजनको भीड लागेको छ । 


बाबु जीवित हुने छोरा छोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर मुख हेर्छन । ‘पितृदेवो भव’ अर्थात बाबुलाई देवता समान मान भन्ने वैदिक मान्यताअनुसार पितृ सम्मान गरी आजको पर्व मनाइन्छ । 


यसैगरी आज वर्षभर देव एवं पितृकार्यमा प्रयोग गरिने कुश घर घरमा भित्र्याइन्छ । ब्राह्मण पुरोहितले कुश छेदन गरी जजमानको घर घरमा पु¥याउने परम्परा छ । यसैले आजको दिनलाई कुशे औँशी पनि भनिन्छ । यस अवसरमा आज गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदासमेत दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex