काठमाडौं । महानगरिय प्रहरी प्रभाग कपन र महानगरीय अपराध शाखा बौद्धबाट खटिई गएको प्रहरीले काठमाडौंबाट ४ जनालाई बाघको छाला सहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ सानधारा डेरा गरी बस्ने बैतडी दशरथचन्द नगरपालिका–६ का २७ वर्षीय श्याम कार्की समेत ४ जनालाई बाघको छाला सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँमा बाघको छाला विक्री वितरण भएको भन्ने गोप्य सूचनाको आधारमा कार्कीको कोठामा तलासी लिँदा बाघको छाला वरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज