२ भाद्र २०८३, मंगलबार
Header

कंलकीमा किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ


प्रकाशित: विहिवार, १२ भाद्र २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कंलकीस्थित पशुपति गेष्ट हाउसमा लगेर १७ बर्षिया किशोरीलाई सामूहिक बलात्कार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट धादिङ गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय मदन थापामगरलाई पक्राउ गरेको हो । 


दैलेख घर भएकी ती किशोरीलाई सामूहिक बलात्कार गरेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 


प्रहरीले तीनै किशोरीलाई बलात्कार गरेको अभियोगमा थानकोट प्रहरीले अर्को एक जनालाई पनि नियन्त्रणमा लिइएको छ । 


एउटै किशोरीलाई दुई पटक सामूहिक बलात्कार भएको घटनाको सूक्ष्म अनुसन्धान अघि बढेको प्रहरीले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex