काठमाडौं । विश्वास नेपालले मनोरञ्जन क्षेत्र तथा व्यवसायिक ‘बाल यौन शोषण’ विषयमा स्कुल अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वास नेपालको टेवहालस्थित कार्यलयमा यही ज्येष्ठ ४ र १० गत फ्रिडम फन्डको आर्थिक सहयोगमा भेस परियोजना अन्र्तगत तिन वटा स्कुलहरुमा ‘मनोरञ्जन क्षेत्र तथा व्यवसायिक बाल यौन शोषण’ विषयमा अभिमुखिरण कार्यक्रम संचालन गरेको थियो ।
काठमाडौंको कुलेश्वर उच्च मा. वि., श्री महेन्द्र सरस्वति निम्न मा. वि.,र श्री बालकुमारी उच्च मा. वि. मा भएको सो कार्यक्रममा एक सय ११ जनाको सहभागिता थियो ।
भेस परियोजनाको संयोजक कमला सापकोटाले संचालन गरेको सो कार्यक्रममा विद्यार्थीहरुलाई मनोञ्जन क्षेत्र तथा व्यवसायिक बाल यौन शोषण सम्बन्धि अभिमुखीकरण बारे ज्ञान प्रदान गरेको थियो ।
सो अभिमूखिकरण कार्यक्रमा सहभागी विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । स्कुलका विधार्थीहरुमा मनोरञ्जन क्षेत्र र त्यहाँका गतिविधिहरुले निम्त्याउन सक्ने परिणाम र आफु कसरी सावधान रहन सकिन्छ भन्ने बारे बुझाउने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको थियो ।
सो कार्यक्रममा विधार्थीहरुले फाइदाजनक जानकारी प्राप्त गर्न सकेकोमा सम्बन्धित स्कुलका विधार्थीले सन्तुष्टि व्यक्त गरे ।
सो अभिमूखिकरण कार्यक्रमसँगै विधार्थीहरुले विश्वास नेपालको परिचय का साथ सामुहिक छलफलको अनूभव, प्रस्तूती र जानकारीमूलक ज्ञान सिक्न सहयोग पुगेको थियो ।
यसैगरी विश्वास नेपालले यस्तै फाइदाजनक कार्यक्रमहरु आगामी दिनहरुमा पनि संचालन गर्ने प्रतिवद्दता व्यक्त गरेको छ ।
Categorized in मनोरन्जन