काठमाडौं । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधवार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना भएको छ ।
दुर्घट्नमा परि ३ जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतको पहिचान हुन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना भएको हो ।
एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन ।
प्रहरीका अनुसार घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Categorized in समाज