काठमाडौं । कीर्तिपुर नगरपालिका मेयरलाई भेट्न मर्यादित पोशाक लगाउनु पर्ने भएको छ ।
नगरपालिकाले मेयरलाई भेट्न मर्यादित पोशाक लगाउन पर्ने र भेट्ने समय २ बजेपछि भनेर सुचना निकालेर अनुरोध समेत गरेको छ ।
चिनजानका मान्छेहरु जथाभावी आउने, अमार्यादित ढंगले हाफ पाईन्ट लगाउने जस्ता गतिविधि बढेपछि बाध्य भएर सुचना निकाल्नु परेको मेयर रमेश महर्जनले बताए ।
सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ प्याइन्ट लगाएर आउन थाले, त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालिएको हो ।
नगरपालिकाको यस सुचनाप्रति अनेक अर्थ बाहिर निकाइएपनि आवश्यक कामकाजका लागि आएका जो कोहीलाई पनि भेट्न रोकतोक नभएको बताएका छन ।
Categorized in स्थानिय