४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरको साझेदारसँग उपप्रमुख हरिप्रभाले असुन्तुष्टि पोखे


प्रकाशित: मंगलवार, १० भाद्र २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले महानगरका विकास साझेदारका अधिकारीहरुसँग असुन्तुष्टि पोखेका छन ।


उप्रमुख खड्गीले अहिलेसम्म भएका कामबाट सन्तुष्ट हुने अवस्था नभएको अधिकारीहरुविच आफ्नो कुरा राखे । उनले भने,‘ सडकमा भन्नोस वा सडक पेटीमा, ढलमा भन्नोस या खानेपानीमा । समयमा काम सम्पन्न नगर्ने निकाय अर्कै छन । तर गाली जनप्रतिनिधि र महानगरका कर्मचारीले खानुपर्छ ।’


‘सडकमा परेको खाल्डाखुल्टीले काठमाडांैंमा डेङ्गु रोग फैलाउने लामखुट्टे भेटिन थालेको छ अब सोच्ने बेला आएको छ ।’ उपप्रमुख खड्गीले भने ।  


सोमवार राष्ट्रिय सभागृहमा आयोजित बैठकमा उपप्रमुख खड्गीले सबैले आ–आफ्ना जिम्मेबारीको काम गर्नुपर्ने बेला आएको बताउँदै यो निर्देशन नभई अनुरोध भएको बताईन । 


सो बैठकमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कसैले काठमाडौंमा अन्तरराष्ट्रिय मापदण्डको सडक हेर्न चाहना ग¥यो भने कहाँ देखाउनु भन्दै साझेदारसँग प्रश्न गरेका थिए । 


महानगरका साझेदार नेपाल बिद्युत प्राधिकरणका उपप्रबन्धक थिरकुमार खत्री, डिभिजन सडक कार्यालयका प्रमुख कैलाशकुमार श्रेष्ठ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपि किरण बज्राचार्यले आ–आफ्नो कार्ययोजनाहरु सुनाएका थिए । 


त्यस्तै बैठकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना उपनिर्देशक मिलन शाक्यले पनि कार्ययोजना उपप्रमुखलाई बुझाएका थिए । 


सो कार्ययोजनाम असन, इन्द्रचोक, बसन्तपुर, चिँकमुगल, झोछेँ, ओमबहाललगायतका क्षेत्रमा भएका ५८ वटा सडक खण्डमा इन्द्रजात्राका औपचारिक कार्यक्रम शुरु हुनु अगावै काम सक्ने कुरा उल्लेख छ ।

 
त्यस्तै आउँदो दशै अगावै ११ वटा सडक खण्डमा बिस्तारको काम सम्पन्न गर्ने योजना राखिएको छ । सडक बिभागले जेब्रा क्रसमा चिन्ह लगाउने काम सम्पन्न गर्ने, केवल तथा इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थापनमा जिम्मेवार बनाउने, पोल र सडकमा जथाभावी लत्रिएका तारलाई वातावरण व्यवस्थापन बिभागले तार काट्ने प्रबन्ध मिलाउने निर्णय भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika