५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

मध्यपुर ठिमीमा घरपेटी र डेरामा बस्नेको कोठाबाट नगद र गहना चोरी


प्रकाशित: सोमबार, १४ जेठ २०७५, १३ः३२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । मध्यपुर ठिमीको कौशलटारबाट घरपेटी र डेरामा बस्नेको कोठमाबाट करिब ५ लाख बराबरको नगद र गहना चोरी भएको प्रहरीले जनाएको छ ।


मध्यपुर नगरपालिका–३ कौशलटार बस्ने रत्न पौडेलको घरबाट कोही नभएको अवस्थामा नगद ४५ हजार र सुनका विभिन्न गर–गहना गरी करीव २ लाख १० हजारको धनमाल चोरी भएको छ ।

 
त्यसैगरी सोही घरको भुइँतलामा डेरा गरी बस्ने झापा चन्द्रगढीका ३१ वर्षीय बिपिन घिमिरेको कोठाबाट नगद ९० हजार र सुनका विभिन्न गरगहना समेत गरी करीब ३ लाख रूपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ ।


चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex