काठमाडौं । काठमाडौं महानगरपलिका मेयर विद्यासुन्दर शाक्य र बंगालादेशको ढाका उत्तर सहर निगम (ढाका नर्थ सिटि कर्पोरेसन) का मेयर मोहम्मद आतिकुल इस्लामविच शिष्टाचार भेट भएको छ ।
सो भेटमा ढाका नर्थ सिटि कर्पोरेसनका मेर ईस्लाम र मेयर शाक्यल आ–आफ्ना नगरको अनुभवहरु साटासाट गरेका छन ।
महानगरका प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले छिमेकी नगरसँगको सहकार्यमा उपत्यकाको खुल्ला जग्गा संरक्षण, हरियाली प्रबर्धन र वातावरणीय सुधारका क्षेत्रमा काम गरिरहेको प्रसङ्ग उल्लेख गरेका थिए ।
मेयर शाक्यले भने, ‘बंगालादेश र नेपालबीचको सांस्कृतिक समानता, रहनसहनमा भएको समानता आपसी हित प्रबर्धनका आधार हुन’ ।
त्यसक्रममा बंगालादेश भलिबल फेडरेसनको अध्यक्षसमेत रहेका मेयर इस्लामले ढाका नर्थ सिटी कर्पोरेसनले भोगेको खराब अनुभव, काठमाडौंका लागि असल सिकाइ हुन सक्ने बताए ।
हामी तपाईहरुलाई फोहोर पानी प्रशोधन, घरेल फोहोर व्यवस्थापन, गज्जा बिकास तथा सहरी योजनाका बिषयमा हाम्रा भोगाइ देखाउन र बुझाउन सकिने मेयर ईस्लामले भने ।
बंगालादेशमा धेरै नेपाली बिद्यार्थी चिकित्सा शास्त्र अध्ययन भने फर्निचरको नेपालमा राम्रो व्यापार छ ।
सो भेटको क्रममा नेपाल र वंगालको यातायात पनि उस्तै रहेको अनुभवहरु मेयर ईश्लामले बताएका थिए ।
भेटघाटको क्रममा सहभागी वंगलादेशी राजदुत मस्फी बिन्तेले बंगालदेशको हरियाली सकिन लाग्यो तर काठमाडौंमा भने अझै सुधार गर्न सकिने मेयर शाक्यलाई सुझाव समेत दिएका थिए ।
Categorized in स्थानिय